नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Thursday, May 19, 2011

आमा मैले केही गर्न सकिन

---------आमा मैले केही गर्न सकिन-----------
सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.
कुर्सी मोह त्याग गरी समयमै संविधान बनाउन सकिन. राजनीतिको फोहोरी खेलमा डुङ् डुंगती गनाउन सकिन.
जनताप्रति को प्रतिबद्धता यथार्थतामा जनाउन सकिन.
राष्ट्र कब्जा गर्ने खालको नियत पनि बनाउन सकिन.
एउटा जाबो कुर्सीको लागी देश नै ठप्प पार्न सकिन.
निमुखा त्यी जनतालाई भोक भोकई मार्न सकिन.
बुद्धिजिबी,सुकिला मुकिला कसैलाई गाली गर्न सकिन.
गरीब हरुको मर्म बुझ्दै महँगो पलंगमा लम्पसार पर्न सकिन.
बन्दुकको बलमा जनतालाई तर्साउन सकिन.
धम्कीको भरमा करोडौं को चन्दा बर्साउन सकिन.
लुटेको जनधनले पार्टीको भकारी भर्न सकिन.
आफ्नै सहकर्मीको विश्वासमा पनि म पर्न सकिन.
हिन्दुत्व मेट्न सकिन,गाईको घाँटी रेट्न सकिन.
हातै जोडी लम्पसार पर्दा नी प्रभुको आशीर्वाद भेट्न सकिन.
जन हत्यारालाई राष्ट्र पदकले सम्मानित पार्न सकिन.
शहीद र सहिद परिवारको आत्मा मा लात मार्न सकिन.
विदेशी प्रभुको पाऊ परी ज्यू हजूर भन्न सकिन.
यु एन र अनमिनको दलाल बनी हरियो डलर गन्न सकिन.
निर्माणाधीन हाइड्रो पॉवर वाईसीयल बनी रोक्न सकिन.
मेलम्चीका विदेशी ठेकेदारलाई खुलेआम ठोक्न सकिन.
हत्या हिंसा,मार काट,अन्याय अत्याचार रोक्न सकिन.
भ्रस्टाचारी ,तस्करीलाई काँधमा चढाई बोक्न सकिन.
दक्षिणी धार हुदै बगेको बहावलाई मैले कतै रोक्न सकिन.
धोके बाज भारतीय संधि काखी च्यापी बोक्न सकिन.
ठाडो वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण रोक्न सकिन.
बुद्धको जन्मस्थलो लुम्बिनी मेरो हो भन्नेलाई सलाम ठोक्न सकिन.
हस्ताक्षरित सम्झौता कार्यनोयन नगरी जनतालाई ढा*टन सकिन.
सहमति र सहकार्यका शब्दहरू पटक पटक थुक्दै चाट्न सकिन.
पुन संविधानसभाको म्याद थप्दै भत्ता पचाउन सकिन.
डुब्यो डुब्यो देश डुब्यो..........आमा मैले बचाउन सकिन.//
-------------------------------------------------------
लेखक( मेरो एकदम मिल्ने साथी)
187451_100000714765739_1647202_n
मुन्ना निरौला.
इनरुवा-३,सोमबार,सुनसरी.
हाल (द.कोरिया)
धन्यवाद!

1 comments:

लक्ष्मण said...

राम्रो लाग्यो उमेसजीको लेख।

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons