Sunday, December 22, 2013
Tuesday, December 17, 2013
केही वर्ष पैला भरेको Auto.
म स्कुल पढ्दा ऐलेको जस्तो मोबाइल , फेसबुक , भाइबर जस्ता साथीहरु लाई
भेट गराउने समाजीक सञ्जाल हरु थिएन र ऐलेको जस्तो डिजीटल क्यामेराको
त कुरै न गरौ । मैले पहिलो पटक रिल वाला क्यामेरा चलाएको थिए। त्यै ३६ वटा
रिल वाल के । अनि ऐलेको जस्तो प्रसस्तै फोटो पनि कहाँ पाउनु र । तेती
बेला प्राय सबैले साथीको चिनोको रुपमा Auto बनाउने चलन थियो जसमा केही
फोटो टाँसेर आफ्नो बारेमा लेख्ने गर्दथ्यो। आज धेरै समय पछि मैले आफैले भरेको
Auto भेटे साथीको मा। हेर्दा र पढ्दा सारै रमाइलो लाग्यो र तेसलाई नै यो ब्लगमा
टाँस्ने निधो गरे।
Wednesday, October 30, 2013
तिहार २०७० (ए ऽऽऽ भन भन भाई हो……. रौसी दे )
Friday, July 12, 2013
“ लिमिसा “ मेरो सानी छोरी
Wednesday, June 19, 2013
किसिम किसिमको पति………………..
मेरो स्वास्नीको साथीहरूको पतिलाई हेर्दा , विवाहित साथीहरूको कुरा बुझ्दा पति हरु धेरै प्रकारका हुँदा रचन ।
१ : कमाउने पति : यस्ता पति पुरा जीवन पैसा कमाउनुमा नै बिताइ दिन्छ। यस्तो पतिको सबै भन्दा राम्रो गुण भनेको नै उसले प्रत्येक महिना जति पनि कमाउँछ सिधै स्वास्नीको हातमा लगेर दिन्नछन। घरको सबै जिम्मेवारी उसले आफ्नो स्वास्नीलाइ सुम्पिदिन्छन्। यस्तो खाले पतिले आफ्नो स्वास्नीले घर कसरी चलाएकी छे कहिले पनि ध्यान दिँदैनन् तर यस्तो पति ले घरको अरु काम हरुमा भने आफ्नो पत्नीलाई घसाउँछ।
Friday, June 14, 2013
Happy 2nd BirthDay “ Limisa”
आज २०७० साल जेष्ठ ३१ (2013.06.14) गते मेरो प्यारो छोरी “ लिमिसा “ २ बर्ष पुगेको छ।
मेरो प्यारी छोरी लिमिसा सधै यसरी नै स्वस्थ्य अनि खुशी रही रहोस । तिमीलाइ मैले सधै
यसरी नै माया गरि रहन पाउँ , मेरो छोरी लिमिसालाइ जन्म दिनको धेरै धेरै शुभकामान ।
Wish You a Happy 2 nd BirthDay Limisa…Love You So Much……..
Friday, June 7, 2013
मोबाइल हराएको मान्छे !!!
सारै एक्लो भएको महसुस गर्दै छु । यस्तो लागि रहेछ सारा संसार छोडेर कुनै
अन्जान ठाउँमा आएर एक्लै बसिरहेको छु, प्रायः हरेक कुरालाई तस्विरमा उतार्ने बानी छ मेरो ,
साथीभाई सँग को भेटघाट हुँदा होस या कतै घुम्न जाँदा , कुनै मीठो परिकार खाद होस या
कुनै नौलो कुरा देख्दा क्यामेरा निकालेर खिचिक्क गरि हाल्न मन लाग्छ मलाइ , त्यही कारणले 8.0 MEGAPIXEL को क्यामेरा भएको मोबाइल लिएको थिए तर ऐले मोबाइल हराए देखी ति सबै मीठा याद हरु पनि मोबाइल सँगै हराएको झैं भइ रहेछ।
Monday, May 20, 2013
मेरो पहिलो प्रेम पत्र ( My First Love Letter )
Dear : चन्द्रमा भन्दा राम्री “ माया (Maya) “
म त लाइ एकदम मन पराउँछु …. तैले पनि क्लासमा लाइ कस्तो हेर्छस् तेसैले
लाग्छ तैले पनि मलाइ माया गर्छस् होला । त रिसाए पनि रिसा , न बोले नी न बोल तर Please यो Love Letter प्रिन्सिपल सरलाई चाही न दे है ! फेरी १ पिरेड भरी कुखुरा भाले बनाउँछ त्यो गैँडा , तालु खुइले सरले ।
Saturday, March 16, 2013
…… रौसीले गर्दा ……
जुन कुर्सीमा बसेर रौसी पिउँथे
त्यही कुर्सी बाट पल्टिए धेरै चोटि !!
राती जब घरमा फर्कन्थे
बाटो छेउको नालीमा गुल्टिए धेरै चोटि !!!
____ यही रौसीले गर्दा ______
Friday, January 11, 2013
तपाईको यो साता ( फेसबुके राशीफल )
Facebook प्रयोगकर्ता हरुको लागी तपाइको यो साता
मेष (Aries): चू, चे, चो, ला, ली, लू, ले, लो, अ। :
तपाइको यो साता निकै राम्रो छ। तपाइको फोटोमा सोचे भन्दा बढी लाइक र राम्रो राम्रो कमेन्ट आउने छ । स्कुल पढ्दा खेरी छुटेको साथी यही फेसबुक मार्फत भेटिन सक्ने प्रवल सम्भावना देखिएको छ। तपाइको साथी हरुले तपाइको फोटो बढी शेयर गर्ने छन।
Monday, January 7, 2013
माछापुच्छ्रे हिमालमा लुकेको बाघको आकृति हेर्नुहोस् !!!
हामी सानो छदा हामी भन्दा ६ – ७ वर्ष ठूला सिनीयर दाइ हरुले खेलिरहेको बेलामा बोलाएर
माछापुच्छ्रे हिमाल देखाउँदै जसले त्यो हिमालमा बाघको चित्र देख्छ त्यसलाई मिठाइ दिन्छु
भन्नु हुन्थ्यो। हामी खेल्न छोडेर धेरै समय हिमालमा हेरी रहन्थ्यौ तर हामीले कहिले पनि
माछापुच्छ्रे हिमालमा बाघको चित्र देखेनौ। पछि टोलको नै एउटा दाइले माटोमा नक्सा बनाएर
यसरी हेर भन्नु भयो , त्यस पछि पो छर्लङ्ग भो त साँच्चै माछापुच्छ्रे हिमालमा त साँच्चै कै
बाघ जस्तो आकृति पो देखीदो रहेछ।


Nepal Time


Sunday, December 22, 2013
लक्ष्मण गुरुङ ' LaKshMaN '




