हामी सानो छदा हामी भन्दा ६ – ७ वर्ष ठूला सिनीयर दाइ हरुले खेलिरहेको बेलामा बोलाएर
माछापुच्छ्रे हिमाल देखाउँदै जसले त्यो हिमालमा बाघको चित्र देख्छ त्यसलाई मिठाइ दिन्छु
भन्नु हुन्थ्यो। हामी खेल्न छोडेर धेरै समय हिमालमा हेरी रहन्थ्यौ तर हामीले कहिले पनि
माछापुच्छ्रे हिमालमा बाघको चित्र देखेनौ। पछि टोलको नै एउटा दाइले माटोमा नक्सा बनाएर
यसरी हेर भन्नु भयो , त्यस पछि पो छर्लङ्ग भो त साँच्चै माछापुच्छ्रे हिमालमा त साँच्चै कै
बाघ जस्तो आकृति पो देखीदो रहेछ।
पोखरा ! एउटा रमाइलो अनि सुन्दर शहर लाग्छ मलाइ सायद यही जन्मेको भएर होला ।
यही जन्मे, यही माटोमा खेल्दै हुर्के अनि पढाइ लेखाइ पनि यही पुरा गरे। अहिले पनि कोही
नयाँ साथी भेटियो या अन्त ठाउँ बाट कोही साथी आयो भने माछापुच्छ्रे हिमालमा बनेको
बाघको आकृति देखाउन मन लाग्छ र आज यस ब्लग मार्फत पनि तपाइहरु लाइ
माछापुच्छ्रे हिमालमा बनेको बाघको आकृति देखाउन गइरहेको छु।
सबै भन्दा पहिला तल राखिएको माछापुच्छ्रे हिमालको यो सुन्दर तस्विर हेर्नुहोस् र यस
हिमालमा बाघको आकृतिलाई खोज्ने कोसिस गर्नुहोस् ।
माथिको फोटोमा बाघको तस्विर देख्नु भयो कि भएन ??? यदि देख्नु भो भने ठिकै छ,
यदि देख्नु भएन भने तलको तस्विर हेर्नुहोस् ।
अब चाही तपाइले माछापुच्छ्रे हिमालमा बाघको आकृति देख्नु भो होला। अब देखी तपाइले
सजिलै माछापुच्छ्रे हिमालमा या फोटोमा सजिलै बाघको आकृति देख्न सक्नु हुनेछ।
पोखरा आउँदा हिमालमा राम्रो सँग हेर्न आउनु होला र समय मिले यो सुन्दर पोखरा घुम्न
आउनुहुन विनम्र अनुरोध छ तपाइहरु सप्पै लाइ ।
गुगल दाइ बाट साभार गरिएको माछापुच्छ्रे हिमाल को केही फोटो हरु :
धन्यवाद !
यो पनि पढ्नुहोस् ।
बाल्यकालको स्कुले जिवन कहाँ बिर्स्या छु र !!!
हातै न धोइ दाल भात मुछेको कहाँ बिर्स्या छु र !हातको बाहुलाले सिँगान पुछेंको कहाँ बिर्स्या छु र !!
गरेको थिएन सरले दिएको HomeWork,,
अनि बेन्चमा उभाएर कपाल लुछेको कहाँ बिर्स्या छु र !!!


Nepal Time


Monday, January 07, 2013
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





1 comments:
Lol just noticed do not comment yet I dare to comment :-D I saw Tiger (?) ..wow amazing never noticed :-) thnx
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!