नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Thursday, June 16, 2011

स्वागतम् मेरो प्यारो छोरी On This Lovely World!!!

2011-06-15 16.16.29सर्व प्रथम त म भगवान लाइ भित्री मन बाट धन्यवाद दिन चाहन्छु वहाँको कृपा अनि आशीर्वादले मेरो जिन्दगीमा अर्को खुशी थपिएको छ। अनि माया लाइ पनि धेरै धेरै धन्यवाद तिमीले मेरो जन्मदिनको उपलक्ष्यमा यति प्यारो उपहार दाएकोमा।

2011-06-15 16.13.40 २०६८ साल जेष्ठ ३१ गते मङ्गलबार अर्थात् 20011 june 14 tuesday को दिनमा म लक्ष्मण अनि मेरो प्यारो
श्रीमती माया गुरुङको कोख बाट बिहानको ९:३० मा यो सुन्दर अनि रमाइलो संसारमा जन्म लिएको हो। मेरो प्यारो छोरीलाई हार्दिक स्वागत।
2011-06-14 16.16.57
आज मेरो प्यारो छोरीको तेस्रो दिन हो। घरमा सबै जना दङ्ग छन अनि खुसी पनि। साना साना हात चलाउँदा अनि पहिला बाट नै चिनेको जसरी हेर्दा त मन नै खुशीले फुरुङ्ग हुँदो रहेछ। सानो बच्चा जे सुकैको पनि प्यारो हुन्छ यिनी त मान्छेको बच्चा पो त त्यो पनि आफ्नै यसलाई के मायाको कमी होला र। जो पनि आउछन सिधै उसलाई नै समाउन जान्छन्, ठूलो मान्छे लाइ जसरी बोल्छन् पनि बिचरी के सुन्दो हो र के देख्दो हो अलि अप्ठ्यारो भो कि रुन जानेकी छे बस रोइ दिन्छे मज्जाले। बिचरा आमाको हालत हेर्नुस् न फेरी बिचरा राम्रो सँग हिँड्न पनि सकेकी छैन उसलाई त शौचालय जाँदा पनि मेरो सहारा चाहिन्छ, खान खाँद पनि राम्रो सँग बस्न सकेकी छैन ना बिस्तार बाट नै राम्रो सँग उठ्न सकेकी छे तर पनि आफ्नो छोरीको मुख हेरेर मख्ख छिन मेरी प्यारी श्रीमती।  अझ आधा रात मा छोरीको रुन्चे आवज सुनेर उठ्नु को आनन्द त यसमा बयान नै गर्न सक्दिन। सबैको भाग्यमा यस्तो कहाँ पाइन्छ र?
                                        दिन प्रतिदिन बदलिँदै जादैछिन यिनी अनि  उसको बाँकी जिन्दगीको बारेमा पनि मनमा धेरै थरीका कुराहरू भरिँदै छ। हुन त उसले यो धर्तीमा आउनु अगाडि नै आफ्नो भाग्य लेखेर आइसकेकी छे जस्लाइ हामीले परिवर्तन गर्न त सकिन्न तर केही सहयोग त पक्कै गर्न सक्छौ नि होइन र?? म त मेरो छोरीलाई धेरै पढाउछु, कम्प्युटरमा दक्ष बनाउँछु अनि पेन्टिङ गर्न सिकाउँछु। यो त मेरो सानो मनको कुरा मात्र हो पछि गएर उ गर्न चाहन्छीन के बन्न चाहन्छीन उसको इच्छालाई त म मार्न सक्दिन के रे।
                   टोल छिमेक,साथी भाइ, इष्ट मित्र अनि आफन्त हरू यो नयाँ मान्छेलाई हेर्न आउने क्रम जारी नै छ एक प्रकारको त भिड नै भएको छ घरमा अनि जो जो टाढा हुनुहुन्छ उनि हरूले फोन मार्फत, मेल बाट विशेष गरेर फेसबुक बाट त झन् शुभकामना तथा बधाईको वर्षा नै भएको छ। सम्पूर्ण टोल छिमेक,साथी भाइ, इष्ट मित्र अनि आफन्त हरू लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु। नाम चाही "निकिता (निलम)" राखेको छु। जब पण्डितले “नि” अक्षर दिनु भो त्यस पछि धेरै सोचेर निकिता(निलम) नाम राख्ने निर्णय गरेको हु। राशिको नाम निकिता अनि बोलाउने नाम चाही निलम हो। मेरो साथी उमेसको अनुसार "" "निलम" नि को अर्थ संस्कृत मा कुशल कन्या,स्त्री,पुत्री ।ल र म को अर्थ लक्ष्मण र माया ।त्यसैले लक्ष्मण र मायाको छोरी "निलम" ।वास्तविक अर्थमा "निलम" अत्यन्त सोभएमान्,बहुमूल्य धातु जुन हिरा,मोती,पन्ना र 'निलम' एउटै बर्गमा पर्दछन ।
धन्यवाद उमेस!
                        मेरो छोरी “ निकिता (निलम) ”
2011-06-14 16.17.24
                 जन्मेको दिनको मेरो छोरी “निकिता”
2011-06-14 16.17.08
   
साथी उमेसले पठाएको उपहार पढ्नुस् तपाइ पनि

--------बाउको अनुभव--------
आज मेरो बगैँचामा एउटा सुन्दर फूल फुलेको छ ।
रात दिन त्यही फूल नियाल्दै मा मेरो मन भुलेको छ ।
निस्चल्,कञ्चन,मनमोहक यसको रुप रङ्,
जून तारा जस्तो देख्दा छाउँछ मनमा उमङ्ग ।
मायाको यो उपहार जीवनकै भयो अङ्ग ,
चञ्चल नयन,मीठो मुस्कान देख्दै पर्छु दङ्ग ।
बढ्यो अझै जिम्मेवारी,थपियो अभिभारा,
खुशी जति दिन्छु यसलाई संसार कै सारा ।
बोकूँ बोकूँ लाग्छ तर छैन बोक्ने ढङ्ग,
गाह्रो गार्है हुँदोरहेछ समाल्न यी कलिला अंग ।
थेगिँदैन शिर अहिले,टेकिँदैनन्, पाउ,
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ!!
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ !!!
                     लक्ष्मण र मायालाई बधाई स्वरूप यो सानो कोसेली ।
                                                                 उमेश निरौला ।
                                                                 इनरुवा-३,


        
                   जन्मेको दोस्रो दिनको फोटो हरू
2011-06-15 16.13.40
2011-06-15 16.16.29
2011-06-15 16.14.31
2011-06-15 16.16.47
                                         म अनि मेरो माया
DSC02400


मेरो छोरी निकिता (निलम) को पहिलो भिडियो!



धन्यवाद!
blog ko lagi

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons