नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, March 16, 2013

…… रौसीले गर्दा ……

रौसीले गर्दा

जुन कुर्सीमा बसेर रौसी पिउँथे
त्यही कुर्सी बाट पल्टिए धेरै चोटि !!
राती जब घरमा फर्कन्थे
बाटो छेउको नालीमा गुल्टिए धेरै चोटि !!!
____ यही रौसीले गर्दा ______


कति आफन्त पराई भए मेरा   
कोही सँग  सम्बन्ध भयो गाढा
कति जना सँग झगडा भो मेरो
आफ्नै पनि थुप्रै जना भए टाढा
____ यही रौसीले गर्दा ________


घरमा सधैं झैँ झगडा 
छोरा छोरी बोल्न डराउँछ म सँग 
एक छिन सँगै बस्नै हुँदैन
मेरो बुडी किचकिच गराउँछे म सँग !!!
____ यही रौसीले गर्दा ________

राम्रो सँग पैसा कमाएर , 
बिहान बेलुकाको छाक टार्न सकिन मैले !! 
ना बाबा आमाको सपना पुरा गरे , 
छोरा छोरीको भबिस्य  उज्यालो पार्न सकिन मैले !!!
____ यही रौसीले गर्दा ________


एक ग्लास रौसीको लागी
घरको भाँडाकुँडा साट्दै हिँड्नु परेछ !!
अर्को महिना दिन्छु पैसा भनि
सबैलाई ढाँट्दै हिड्नु परेछ !!!
____ यही रौसीले गर्दा ________


लक लक,लक लक काँप्छ जिउँ
रौसी बाहेक अरू केही रुच्दैन !!
हड्डी मात्रै रह्यो शरीरमा
लाग्छ अब धेरै समय बाँच्दैन !!!
____ यही रौसीले गर्दा ________

यो पनि हेर्नुस !!!
मेरो पिडा , तपाइको पिडा , हामी सबैको पिडा,,, (जय नेपाल ! मेरो नेपाल !!)
बाल्यकालको स्कुले जिवन कहाँ बिर्स्या छु र !!!
उसैले भाइ भन्दा खेरी !!!
धन्यवाद !
small 1_thumb[1]

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons