नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, May 21, 2011

मेरो प्यारो लोडसेडिङ

Dark Beauty_thumb[60]
धेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।

सुने थेँ, अस्ति म नहुँदा
तिमी दिन भर आ’थ्यौ रे
कुरे थेँ , हिजो रातभर तर
तिमी अन्तै गा’ थ्यौ रे ।
लुकामारीको खेल जस्तै भा’ छ
घाम-छायाँको मेल जस्तै भा’ छ
लाग्छ तिम्रो मेरो भेट नगराउने
कुनै जाल-झेल नै भा’ छ ।
हर दिन हर रात सधैँ
प्रतीक्षा नगरेको हैन 
नभेट्दा नि तिम्लाई
भुल्न सक्या छैन ।

आउँदिनौ भन्ने थाहा हुँदा पनि
रातहरू कुरेरै बिताएको छु
गइ हाल्छौ भन्ने जानेरै पनि
अटुट मिलन चिताएको छु
हाम्रो मिलनमा समाज हैन
सरकारै दुश्मन भा’को निचोड आ’छ
त्यसैले त हिउँद लाग्ने बित्तिकै
तिम्रो मेरो महा बिछोड भा’ छ
अब त सायद हिमालका हिउँ पनि पग्लेलान
नभए नि आकाशबाट मेघ-मल्हार गर्जेलान
मेरी ‘बिजुली’ तिम्रो मेरो मिलन छीट्टै होला
गर्मी  बढ्दा लोडसेडिङ  घट्दै घट्दै जाला ।
दिलिप सरको ब्लग बाट साभार गरिएको
लेखक
Lepakshi 4
small 1

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons