नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, February 25, 2012

उसैले भाइ भन्दा खेरी !!!

मेरो बाल्याकालमा घटेको घटनालाई अहिले सम्झँदा हाँसो लाग्यो र त्यसलाई नै रमाइलो पारामा २ शब्द कोरेको मात्र हुँ।

जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!

Wednesday, February 15, 2012

कसरी मनाउ म प्रेम दिवस ???

झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस ?
भ्यालेनटाईनको योगदानलाई विसंगतिको रुप दिई,
विकृतिमा लतपतिएको कसरी मनाऊँ म प्रेम दिवस?

Monday, February 13, 2012

Happy Valentine Day ( केही sms हरु )

heart1

♥♥♥ My rose is red,
Ur eyes r blue,
You love me,
and I love u.
Happy valentine’s day
♥♥♥
---------------------------------------------
♥♥♥ What is LOVE..???
Its not a thing will not come first site...
Because..
Love is a moment of truth...
Happy Valentines day... ♥♥♥

Sunday, February 12, 2012

दशौं आहा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दी लाइ (मनाङ मर्स्याङदी २-० जावलाखेल युथ क्लब)

LH MMC Vs SJYC
पोखरा, माघ २८- आज भएको दसौं आह गोल्ड कपमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबले २ गोलको अन्तरले सामसुङ जावलाखेल युथ क्लबलाई हराउँदै दसौ आहा गोल्ड कपको उपाधी आफ्नो नाम गरेको छ।
१–० अफ्रिकन यूनाईटेड क्लब लाइ सेमी फाइनलमा हराउँदै लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लब  फाइनलमा आएको थियो।

Saturday, February 11, 2012

जावलाखेल दशौ आहा गोल्ड कपको फाइनलमा (जाउलाखेल युथ क्लब ४-० भारतको पुणे एफसी)

Pune FC Vs SJYC

२७ माघ, पोखरा । जाउलाखेल युथ क्लब आहा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा भारतको पुणे एफसीलाई ४-० गोल अन्रतले पराजित गर्दै जाउलाखेलले मनाङ मस्र्याङ्दीसँगको उपाधि भिडन्त पक्का गरको हो । फाइनल खेल शनिबार हुनेछ ।

Thursday, February 9, 2012

दसौं आह गोल्ड कपमा मनाङमर्स्याङदी क्लब फाइनलमा (मनाङमर्स्याङदी क्लब १–० अफ्रिकन यूनाईटेड क्लब )

Aaha gold cup
   पोखरा, माघ २६ - 
लक्ष्मी हुण्डाई मनाङमर्स्याङदी क्लवले अफ्रिकन यूनाईटेड क्लबलाई १–० गोलले पन्छाउँदै
 बिहीबार दशौं आहा गोल्डकपको उपाधि नजिक पुगेको हो ।  युगल किशोर राईले ६९ औं 
मिनेटमा गरेको गोलले मनाङ्गले अफ्रिकनलाई हराएर फाईनल यात्रा तय गरेको हो । 
अमिर श्रेष्ठले दायाँ कर्नर नजिकैवाट पेनाल्टी क्षेत्रमा मिलाएको क्रसपासलाई 
राईले हेड गर्दै आर्कषक गोल गरेका थिए ।
       मनाङ उपाधिका लागि शुक्रवार हुने भारतको पुने फुटबल क्लब र 
सामसुङ जावलाखेलको विजेतासँग शनिबार भिड्नेछ ।

Wednesday, February 8, 2012

दशौं आहा गोल्डकप अन्तिम क्वर्टर फाइनलमा मनाङ १-० पुलिस।

cops vs managge5                                                      पोखरा, माघ २५ -
राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिस क्लब आहा गोल्डकपमा सर्वाधिक सफल टिम हो । क्याराभान गोल्डकप सहित अहिलेसम्म ५ पटक उपाधि चुमेको पुलिसलाई पोखरेली मैदानमा भाग्यमानी टिम पनि मानिन्छ । तर घरेलु फुटबलकै सफल विभागीय टिमलाई मनाङ--मर्स्याङ्दी क्लबले मंगलबार १-० ले हरायो ।

Tuesday, February 7, 2012

दसौं आहा गोल्डकप जावलाखेल सेमी फाइनलमा (जावलाखेल ३-१ थ्री सटार)

SUD_3108_20120207101234
पोखरा, माघ २४ - 
 जित हात पार्ने तयारीमा प्रशिक्षणलाई विशेष जोड दिइन्छ । सीप र क्षमता 
निखार्ने प्रशिक्षणबिना प्रतिस्पर्धामा भिड्नु सजिलो हुन्न । ठीक त्यस्तै भयो, डिफेन्डिङ 
च्याम्पियन मेगा थ्री-स्टारलाई यसपल्टको आहा गोल्डकप । नियमित प्रशिक्षक र भरपर्दा 
खेलाडीसँगै तयारी नगरी मैदानमा उत्रेको थ्री-स्टारलाई सामसुङ जावलाखेल युथ क्लबले 
सजिलै पन्छायो ।

Monday, February 6, 2012

दशौं आहा गोल्डकप को दोस्रो क्वाटरफाइनलमा अफ्रीकन युनाइटेड २-१ हिमालयन शेर्पा

हिमालयन शेर्पा VS African United2
पोखरा, माघ २३ - 
 भर पर्दो खेलाडीबिना प्रतिस्पर्धामा उत्रनु हरेक टिमका लागि चुनौती पूर्ण हुन्छ । 
आहा गोल्डकपको दसौँ सँस्करणको दोस्रो क्वाटरफाइनल पनि ठीक यस्तै रह्यो । 
भर पर्दा तीन खेलाडीबिना मैदानमा उत्रेको 'ए' डिभिजन राष्ट्रिय लिग उप विजेता 
हिमालयन शेर्पा सामु इज्जत जोगाउनुपर्ने चुनौती थियो । उसलाई पूर्व विजेता 
अफ्रीकन युनाइटेड क्लबले आइतबार २-१ ले निराश पार्‍यो ।

Sunday, February 5, 2012

आयोजक सहारा क्लब पोखरालाई १- ० ले हराउँदै भारतको पुणे फुटबल क्लब सेमी फाइनलमा

6448_h
पोखरा, माघ २१ - आयोजक सहारा क्लब पोखरामा चलिरहेको १० औं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइलनबाटै बाहिरिएको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतको पुणे फुटबल क्लबसँग एक शून्यले पराजित हुँदै सहारा क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।

Friday, February 3, 2012

दशौं आह गोल्ड कप को चौथो खेलमा मनाङ मस्र्याङ्दी २-० एन्फा यू १७

6437_h

२० माघ, पोखरा । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आहा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा एन्फाको अण्डर १७ टोलीलाई २-० ले पराजित गर्दै मनाङ अन्तिम आठमा प्रवेश गरेको हो ।

Thursday, February 2, 2012

दशौं आह गोल्ड कप को तेस्रो खेलमा सामसुङ्ग जावलाखेल विजयी

6422_h
पोखरा, माघ १९ -
    सामसुङ्ग जावलाखेलले आरसीटीको चुनौती २-१ गोलले समाप्त गर्दै बिहीबार आहा गोल्डकपको दशौं सँस्करणमा सेमिफाइनलको यात्रा तय गरेको छ । जावलाखेलको जितमा दुवै गोल प्रतिस्पर्धाका म्यान अफ दि म्याच कर्ण लिम्बुले गरे । उनले ३२ औं र १ सय १० औं मिनेटमा आरसीटीका विरुद्ध गोल गरेका थिए ।

Wednesday, February 1, 2012

दशौ आह गोल्ड कप दोश्रो खेल अप्रिकन युनाइटेड २-१ रुपन्देही ११


पोखरा, माघ १८ - अप्रिकन युनाइटेड क्लबले रुपन्देही ११ का विरुद्व २-१ गोलको कठिन जित दर्ता गर्दै बुधबार दसौ‌ आहागोल्ड कप फुटबल प्रतियोगितामा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
अप्रिकनको जितको लागि एडेयमो माइकलले ७३ औं र थोमस स्कोटीले ८२ औं मिनेटमा एक एक गोलको योगदान दिएका थिए । चौथो आहा गोल्डकपमा अप्रिकनले रुपन्देहीलाई क्वार्टरफाइनलमा २-० गोलले हराएको थियो ।

आह गोल्ड कप साहार १-० धरान




 
प्रेम नेपाली
पोखरा, माघ १८ - फुटबलमा जित हात पार्न राम्रो खेलेर मात्र हुँदैन । भाग्य पनि चाहिन्छ । कहिलेकाहीं राम्रो खेल्नेले पनि हारको सामना गर्नुपर्छ । धरानको हकमा मंगलबार ठीक त्यस्तै भयो । आहा गोल्डकपमा सधैं अभागी हुँदै आएको धरान फुटबल क्लबका लागि यसपल्टको उद्घाटन खेल पृथक रहेन ।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons