कहिले हाँस्छे ४ वटा दाँत देखाएर ,,
पुरै परिवार लाई हँसाउने गरी !!
कहिले रुन्छे चर्को स्वरमा ,,
घर नै थर्काउने गरी !!!
“ मेरो सानी छोरी “
खाना खा नै मान्दैनन् कहिले काँही,,
टाउको बटार्छे खाना नै न हेरी !!
कहिले चाही मिथी मिथी भन्दै ,,
मिठाइ माग्छे घरी घरी !!!
“ मेरो सानी छोरी “
तिमी हाँसी रहनु , खेली रहनु ,,
मेरो आँखा अगाडि सधैभरी !!
माया गरी रहन पाउँ तिम्लाई ,,
सधैं सधैं यसैगरी !!!
“ मेरो सानी छोरी “
तिमी भन्छौ के , भन्न खोज्छौ के ,,
बोल्छौ तिमी बुझ्दै न बुझ्ने गरी !!
के भन्छौ तिमी , के के माग्छौ तिमी ,,
तिम्रो तोते बोली बुझूँ म कसरी !!!
“ मेरो सानी छोरी “
संसारको सारा खुशी पाए मैले ,,
भगवानको आशीर्वादले गरी !!
मेरो काखमा खेली रहेकी छे ,,
आज एउटी सानी परी !!!
“ मेरो सानी छोरी “
“
घाम बनि उदाउनु तिमी ,,
अधेरोमा चम्कनु जुन तारा सरी !!
यसरी नै काखमा खेलाउँदै हुर्काउन पाउँ ,,
मेरो छोरीलाई अर्को जन्ममा फेरी !!!
“ मेरो सानी छोरी “
लिमिसा मेरो सानी छोरी
लिमिसा मेरो प्यारी छोरी
मेरो छोरीले केही कुरा इसारा गरेर भन्छीन , केही कुरा हातले देखाउ छिन। केही साधारण
बोलीहरु चाही स्पष्ट बोल्छीन जस्तै : बाबा , ममी , आमा , कान , कपाल आदी तर केही
शब्द हरु भने तोते बोली नै भन्छिन् र यसलाई म यसरी बुझ्छु।
छोरीले बोल्ने तोतेबोली
फि इनुन = फेरी दिनुस् न
ममी च्यूँ खाँजु = ममी दूध खान्छु
मोला = मोबाइल
भाँ इनुन = भात दिनुस् न
भाँ खाँजु = भात खान्छु
पि पि लाँइ = TV खोल्दिनुस
चि चि लाँइ = मासु दिनुस्
पा पा = पानी
गिती = गीत
नाँची = नाच
खाच्यो = खस्यो
दुना = दुनोट
आको = अर्को
न्याँउ = iphone ( Talking Tom )
मोमो = मःमः
मिथी = मिठाइ
पि पि = TV
आँथु = तातो
फेई = फेरी
बोल = बल
यो पनि पढ्नुहोस्। !
छोरीको पहिलो दिन
स्वागतम् मेरो प्यारो छोरी On This Lovely World!!!
छोरी १ महिनाको हुँदा
१ महिनाको भयो मेरो प्यारो छोरी निकिता(निलम)
लिमिसाको पहिलो बर्थ डें
Happy 1st BirthDay मेरो छोरी लिमिसा
लिमिसाको दोस्रो बर्थ डें
Happy 2nd BirthDay “ Limisa”
धन्यवाद !!!
0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!