हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाइन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाइन्छन्।
गणेश शब्दसँग सम्बन्धित बिषयहरू :
गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:
- गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।
- गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ।
- गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ।
- श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ।
भगवान गणेशको केही फोटो हरु केही नयाँ आकृतीमा
लेख साभार नेपाली विकिपीडियाबाट
फोटो गुगल दाइ बाट


Nepal Time


Tuesday, October 09, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!