नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, August 25, 2012

बाल्यकालको स्कुले जिवन कहाँ बिर्स्या छु र !!!

हातै न धोइ दाल भात मुछेको कहाँ बिर्स्या छु र !
हातको बाहुलाले सिँगान पुछेंको कहाँ बिर्स्या छु र !!
गरेको थिएन सरले दिएको HomeWork,,
अनि बेन्चमा उभाएर कपाल लुछेको कहाँ बिर्स्या छु र !!!

क्लास हापी हापी पौडी खेल्न जान्थेम ,
भिजेको त्यो चिसो कट्टु टाउकोमा उनी हिड्थेम ,,
झोला झाडीमा लुकाएर काक्रो चोर्न गको कहाँ बिर्स्या छु र !!
सरले कानमा समाइ अफिस तिर लको कहाँ बिर्स्या छु र !!!

एक मोहरको चटपट खान्थेम, एक मोहरको इम्ली,
किताब लिई पढे जस्तै गर्थेम दुवै आखा चिम्ली ,,
डटपेनले साथीको टिसर्ट मा कोरेको कहाँ बिर्स्या छु र !!
मोजामा कपि लुकाएर चिट चोरेको कहाँ बिर्स्या छु र !!!

मिसले कति गाली गरे , भनि साध्या छैन ,
सरको पिटाइ कति हो कति गनि साध्या छैन ,,
चकको टुक्राले ती गोरी मैयाको टाउकोमा हानेको कहाँ बिर्स्या छु र !!
ट्वाइलेटमा गएर एक सर्को चुरोट तानेको कहाँ बिर्स्या छु र !!!

हातै न धोइ दाल भात मुछेको कहाँ बिर्स्या छु र !
हातको बाहुलाले सिँगान पुछेंको कहाँ बिर्स्या छु र !!
गरेको थिएन सरले दिएको HomeWork,,
अनि बेन्चमा उभाएर कपाल लुछेको कहाँ बिर्स्या छु र !!!

लेखक    लक्ष्मण गुरुङ

later

((“ यस्तै पत्र लेखेर स्कुल पठाउथेम अनि फिल्म हेर्न जान्थेम “))
धन्यवाद !
small 1_thumb[1]

4 comments:

Dilip Acharya said...

दामी ! दामी !!

मैले पनि बिर्सेको त थिइन... झन् यो पोस्ट पढेपछि त अरू पनि धेरै कुरा याद आए :))। ल मैले पनि सेयर गरेँ है !

दूर्जेय चेतना said...

दामी दामी.. ताजै भएर पो आयो त सबै कुराहरु..

Unknown said...

सारै मार्मिक कविता

Unknown said...

ahha atit ka din haru ankha agadi jhulukka aayi pare.....sadhanyabad laxman jeu lai.

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons