पोखरा, माघ २८- आज भएको दसौं आह गोल्ड कपमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबले २ गोलको अन्तरले सामसुङ जावलाखेल युथ क्लबलाई हराउँदै दसौ आहा गोल्ड कपको उपाधी आफ्नो नाम गरेको छ।
१–० अफ्रिकन यूनाईटेड क्लब लाइ सेमी फाइनलमा हराउँदै लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लब फाइनलमा आएको थियो।
खेलको पहिलो हाफ सम्म दुबै पक्ष बाट गोल हुन न सके पनि खेल को ६१ औ मिनेटमा राम थापाको क्रसमा ओपनहेड गर्दै शिब श्रेष्ठले जाली चुमाएका थिए र इन्जुरी टाइममा सुलभ मास्केले काउन्टर एट्याकमा अर्को गोल गर्दै आफ्नो टिमलाइ २- ० ले जित निश्चत पारेका थिए।
फाइनल खेलमा २- ० ले हारेको सामसुङ जावलाखेल युथ क्लब भारतको पुणे क्लबलाइ ४-० को अन्तरले बिजय भएर फाइनलमा आएको थियो।
आजको खेलमा Man of the final match मनाङ मर्स्याङ्दी शिब श्रेष्ठ ले पाएका छन्। यो सहित मनाङ मर्स्याङ्दी क्लब आह गोल्ड कपमा तेस्रो चोटी च्याम्पियन हुन सफल भएको छ। यो भन्दा अगाडी वि.सं.२०६० र ०६१ मा पुलिसलाई हराएर आहाको उपाधि जितेको थियो।
लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाइ धेरै धेरै बधाइ।
Photo गोलनेपाल
धन्यवाद!


Nepal Time


Sunday, February 12, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!