नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Monday, February 6, 2012

दशौं आहा गोल्डकप को दोस्रो क्वाटरफाइनलमा अफ्रीकन युनाइटेड २-१ हिमालयन शेर्पा

हिमालयन शेर्पा VS African United2
पोखरा, माघ २३ - 
 भर पर्दो खेलाडीबिना प्रतिस्पर्धामा उत्रनु हरेक टिमका लागि चुनौती पूर्ण हुन्छ । 
आहा गोल्डकपको दसौँ सँस्करणको दोस्रो क्वाटरफाइनल पनि ठीक यस्तै रह्यो । 
भर पर्दा तीन खेलाडीबिना मैदानमा उत्रेको 'ए' डिभिजन राष्ट्रिय लिग उप विजेता 
हिमालयन शेर्पा सामु इज्जत जोगाउनुपर्ने चुनौती थियो । उसलाई पूर्व विजेता 
अफ्रीकन युनाइटेड क्लबले आइतबार २-१ ले निराश पार्‍यो ।

 हिमालयन विरुद्धको प्रतिस्पर्धामा एक गोलले पछाडि रहेको स्थितिलाई उल्टाउँदै 
अफ्रिकनले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । घरेलु फुटबलमा छोटो समयमै 
पकड जमाएको हिमालयनले अनुभवी खेलाडीको अभाव महसुस गर्‍यो । उसका 
अनुभवी कप्तान सागर थापा, मिडफिल्डर जगजित श्रेष्ठ र स्ट्राइकर कुञ्जन गुरुङ 
एएफसी च्यालेन्ज कपका लागि राष्ट्रिय टिमको प्रशिक्षणमा छन् । रोमाञ्चक 
प्रतिस्पर्धामा सोमबहादुर मल्लले मध्य मैदानबाट गरेको प्रहार ११ औं मिनेटमा 
सीधै पोस्टमा छिरेपछि हिमालयनले अग्रता लिएको थियो ।
 करिब ४० यार्ड टाढाबाट हानेको प्रहारलाई अफ्रिकनका रक्षापंक्ति र गोलरक्षक 
वासिर टोयिनले बचावटको मौका नै पाएनन् । पहिलो गोल भए लगत्तै 
हिमालयनका खेलाडीले गोल गर्ने भन्दा रोक्ने तर्फ जोड दिए । बललाई रोकेर
 र बाहिर फालेर समय कटाउने तर्फ उनीहरू लागेका थिए ।
 एक गोलले पछि रहेको अफ्रिकन आक्रमणमा उत्रियो । हिमालयनका खेलाडीको 
गल्तीमा करिब ३० यार्ड टाढा पाएको फ्रिकिक मौकालाई कप्तान 
सुलौमान ओलानसीले सदुपयोग गरे ।  २४ औं मिनेटमा उनले हानेको अग्लो 
प्रहार सेकेन्ड बारमा ठोक्किएर आकर्षक गोलमा परिणत भयो ।
 सुलौमान नै प्रतिस्पर्धाका 'म्यान अफ द म्याच' घोषित भए । अफ्रिकनका 
एलास्सने क्यामाराले ६३ औं मिनेटमा अर्को गोल थप्दै टिमको जित सुनिश्चित
 पारे । ०६२ मा पहिलो पटकको सहभागितामा नै उपाधि जितेको अफ्रिकनले 
चारभन्दा बढी गोल अवसर गुमायो । ७६ औं मिनेटमा मैदान छिरेका अतिरिक्त
 खेलाडी नोसोप फ्रिडेले किपरलाई बिट गर्दै पेनाल्टी क्षेत्रबाट हानेको प्रहार गोल 
लाइनमा बसेका हिमालयनका सरोज दाहालले क्लियर गरे । ८७ औं मिनेटमा 
थोमस स्कुटीले किपर विकेश कुथुले हानेको बल रोकेर डिबक्सभित्रबाट प्रहार 
गर्दा कुथुसँग ठोक्किएर फर्कियो ।  रूपन्देही-११ विरुद्ध २-१ को जित दर्ता गरेको 
अफ्रिकनका प्रशिक्षक ओसाले दोस्रो खेलमा सुधार भएकाले जित हात पारेको बताए ।
 'हिमालयनले राम्रो खेल्यो,' उनले भने । उनले अगाडिका प्रतिस्पर्धा झन् कठिन
 हुने बताउँदै उपाधिनजिक पुग्न निकै मिहिनेत गर्ने बताए ।  अफ्रीककन युनाइटेड
 फाइनल प्रवेशका लागि आगामी २६ गते लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी क्लब र 
नेपाल पुलिस क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 रूपन्देहीसँगको प्रतिस्पर्धामा पहे‌लो कार्ड पाएका तीन खेलाडीले आइतबार पनि 
पाएकाले आगामी प्रतिस्पर्धामा सहभागी हुने छैनन् । उसले भरपर्दा खेलाडी 
ओवैवा लक्की, च्यारिस अयुसिन र नगायो टिइन्टच्ोयुलाई दोहोरो पहेंलो कार्डका
 कारण गुमाउनेछ । 'अबको खेलमा तीन राम्रा खेलाडी हुने छैनन्,' उनले भने, 
'अतिरिक्त खेलाडी लिएर अझ मिहिनेतसाथ खेल्नेछौं । 
बाई पाएर सीधै क्वाटरफाइनलमा भिडेको हिमालयनले पनि तीन बढी गोलका अवसर
 गुमाएको थियो । किपर बिट भएको स्थितिमा कोरियाली खेलाडी जोङले पेनाल्टी
 क्षेत्रबाट बललाई पोस्टको दिशा दिन सकेनन् । दीपक गुरुङले डिबक्स बाहिरबाट 
हानेको फ्रि किक प्रहार ७९ औं मिनेटमा पोस्ट नजिकैबाट बाहिरियो । अनुभवी खेलाडी
 अभावमा गोलका अवसर सदुपयोग गर्न नसकेको हिमालयनका प्रशिक्षक नवल 
गुरुङले बताए ।'अनुभवी खेलाडी राष्ट्रिय टिममा भएकाले पनि हामीलाई धक्का लाग्यो,
' उनले भने, 'धेरैजसो खेलाडी युवा भएकाले पनि अनुभवको कमी देखियो ।' 
उनले प्रदर्शन खस्केको फाइदा उठाउँदै अपि|mकन गोल गर्न सफल भएको बताए । 
पाँच दिनअघि मात्र हिमालयनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनी यसअघि 
सहारा यूकेको कप्तानको भूमिकामा थिए । 
 उनले टिम सम्हालेको कम समय भएकाले पूर्ण प्रशिक्षण दिन नसकेको बताउँदै
 खेलाडीले सिकाएको भन्दा कम खेलेको बताए । उनले जित्ने लक्ष्यसाथ मैदानमा
 उत्रिए पनि अप्रत्याशित हार बेहोर्नुमा विपक्षीको खेलबारेपूर्ण जानकारी नहुनु पनि 
भएको बताए । 
 यो सहित तीन सँस्करणमा सहभागी हिमालयन ०६३ मा भारतको तरुण संघ, 
कोलकातासँग टाइब्रेकरमा ५-३ ले र ०६७ को नवौं सँस्करणमा मेगा थ्री-स्टारसँग
 क्वाटरफाइनलमा २-० ले पराजित भएको थियो ।
पुरा समय  
अफ्रिकन युनाइटेड क्लब २-१ हिमालयन शेर्पा

African United Club
african United club

हिमालयन शेर्पा फुटबल क्लब
Yeti Himalayan Sherpa Club.

हिमालयन शेर्पा VS African United 2
हिमालयन शेर्पा VS African United
हिमालयन शेर्पा VS African United3
 आजको खेल 
 जावलाखेल विरुद्ध थ्री-स्टार
साभार इकान्तिपुर
फोटो गोलनेपाल
धन्यवाद!
small 1

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons