१………..
जडह्या
एक जना जड्या १ दिन साह्रै झ्याप भएछ
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
...आचार हालेछ ...
...
...
...
...
एक छिन् पछि यसो हेरेको त थाल नै रैन छ .....
२…..
थिच्नुस
नेपाल टेलिकमको नयाँ विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, engagement को लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस् ।
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
टेलिकम : यस सेवाको लागि आफ्नो पत्नीको घाटी थिच्नुस्।
३…
चरित्र
एउटा केटीले आफ्नो दिदी सँग सोधेछ
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौँ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भइन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ
४……
बुढा पनि
युद्धको समयमा एक सीमावर्ती गाउँमा दुस्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरू उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउँमा भाग्न थालेछन् , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछ : आमा तपाईँ किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरूलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ के
५……….
प्रेमी-प्रेमिका
प्रेमी-प्रेमिका बीचमा झगडा भएर Breakup भएपछि :
Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउँछ !
Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन !:):
६…….
Surprise
शहरको सानो झुप्रोमा बुढा बुढी बस्थे बुढोले जुँगा दारि पालेको थियो l एकदिन बुढो चाही शहरमा गएछन् र जुँगा दारि काटेर आएछन् र स्वास्नीले थाहा नपाउने गरि आँखा छोपेछन् । बुढीलाई के थाहा लोग्ने हो भनेर
उनले भनिछन् ...अँ नगर्नु होस न लोग्ने आउने बेला भयो ।
७………
चिन्छस्???
अमेरिका मा बस्ने हरिले नेपालमा बस्ने रामलाई फोन लगाएर गफ ठोक्न थालेछ ..
हरि : ओइ! राम, तँ रिहाना लाई चिन्छस् ?
राम : नाइँ चिन्दिन, को हो र ?
हरि : कहिलै English गीत हेरेको भए पो चिन्थिस् यहाँ को singer भनेर... अनि पामेला लाई चिन्छस् त ?
राम : नाइँ चिन्दिन, को हो र ?
हरि : कहिलै English Film हेरेको भए पो चिन्थिस्, यहाँ को बबाल सेक्सी हिरोनी हो.. साले कुवाको भ्यागुतो, क्यै थाहा छैन तँलाई त !!
हरिको कुरा सुनेर रामलाई झनक्क रिस उठ्यो...
राम : हरि तैँले हाम्रो गाउँको श्याम लाई चिन्छस् त ?
हरि : नाइँ चिन्दिन, को हो र ?
राम : कहिलै गाउँ बसेको भए पो चिन्थिस् त ! अचेल तेरी स्वास्नी उसै सँग पल्केकी छ ।
८………..
बिचरा धुर्मुस
धुर्मुश जङ्गलमा नांगै भएर नुहाइरहेको थियो..
सबै जनावरहरू उसलाई हेरेर हाँसिरहेका थिए..
धुर्मुशः तिमीहरू किन त्यसरी मरी मरी हाँसेका हँ ?
जनावरहरुः हा हा हा.. तिम्रो पुच्छर त अगाडि पो र'छ...
९………
आज भोलिका फटाहा बच्चाहरू :)
नाति: हजुरबा ! यो परिवार नियोजन भन्या के हो ?
हजुरबा(रिसाउँदै): भाग उता ! मलाई थाहा छैन !
नाति: मलाई थाहा छ बुढा ! तिमीलाई थाहा भएको भए अहिले सम्पत्तिका १४ टुक्रा गर्नुपर्थ्यो र ?
१०…..
रिता मेरो नाम
डाँकु: तेरो नाम ?
Lady: हजुर हजुर्, रिता !
डाँकु: के ? रिता मेरो बहिनीको नाम हो । जा तँलाई माफ गरे !
.अनि तेरो ?
.हर्के: ह ह ह हजुर नाम त मेरो हर्के हो, तर मान्छेहरू माया गरेर मलाई रिता पनि भन्छन् ।
धन्यवाद!


Nepal Time


Saturday, November 26, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





1 comments:
haso nai lagena tyo chinchhas wala euta ali ali ramro chha aru ta uhhhuuu...^_^
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!