नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Wednesday, February 1, 2012

दशौ आह गोल्ड कप दोश्रो खेल अप्रिकन युनाइटेड २-१ रुपन्देही ११


पोखरा, माघ १८ - अप्रिकन युनाइटेड क्लबले रुपन्देही ११ का विरुद्व २-१ गोलको कठिन जित दर्ता गर्दै बुधबार दसौ‌ आहागोल्ड कप फुटबल प्रतियोगितामा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
अप्रिकनको जितको लागि एडेयमो माइकलले ७३ औं र थोमस स्कोटीले ८२ औं मिनेटमा एक एक गोलको योगदान दिएका थिए । चौथो आहा गोल्डकपमा अप्रिकनले रुपन्देहीलाई क्वार्टरफाइनलमा २-० गोलले हराएको थियो ।

रुपन्देहीका असिमजंग कार्कीले खेलको ५५ औं मिनेटमा पहिलो गोलको खाता खोले पनि त्यसपछिको प्रदर्शन कमजोर रह्यो । जसको भरपुर फाइदा उठाउँदै अप्रिकनले ११ मिनेटको अन्तरमा दुई गोल गर्दै टिमको जित सुनिश्चित पार्‍यो । प्रतिस्पर्धामा म्यान अफ दि म्याच अप्रिकनका एडेयमो घोषित भए ।
अप्रिकनका प्रशिक्षक ओसाले पहिलो हाफमा खराव प्रर्दशन भएपनि पछि सुधार गरेकोले जित भएको बताए ।
रुपन्देहीका प्रशिक्षक यम गुरुङ्गले खेलको अन्त्यतिर खेलाडि थाकेर राम्रो खेल्न नसक्दा पराजय ब्यहोर्नुपरेको बताए । रुपन्देहीका आधा दर्जनभन्दा बढी प्रहार खेर गएका थिए ।
बिहीबारको खेल अर्थात भोलिको खेल
सामसुङ्ग जावलाखेल युथ क्लब विरुद्व आरसिटीबीच ।
साभार इ कान्तिपुर
फोटो साभार गोलनेपाल 

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons