सारै एक्लो भएको महसुस गर्दै छु । यस्तो लागि रहेछ सारा संसार छोडेर कुनै
अन्जान ठाउँमा आएर एक्लै बसिरहेको छु, प्रायः हरेक कुरालाई तस्विरमा उतार्ने बानी छ मेरो ,
साथीभाई सँग को भेटघाट हुँदा होस या कतै घुम्न जाँदा , कुनै मीठो परिकार खाद होस या
कुनै नौलो कुरा देख्दा क्यामेरा निकालेर खिचिक्क गरि हाल्न मन लाग्छ मलाइ , त्यही कारणले 8.0 MEGAPIXEL को क्यामेरा भएको मोबाइल लिएको थिए तर ऐले मोबाइल हराए देखी ति सबै मीठा याद हरु पनि मोबाइल सँगै हराएको झैं भइ रहेछ।
क्षण क्षणका कुरा हरु टुइट गर्ने बानी छ मेरो । बिहान उठेको कुरा, च्या सँग भुटेको भात खाएको कुरा , आफूले पढेको समाचारको लिङ्क शेयर गर्न , अफिस जाँदा बाटोमा जाम परेको कुरा , अफिसको रमाइलो क्षण, हाकिमको कुरा काट्न ,बुडी सँगको झगडाको कुरा, भट्टीमा रौसी खादाको कुरा होस या छोरीको दिशा सफा गर्दाको कुरा सबै म मोबाइल बाट नै टुइट गर्ने गर्थे , फेसबुकमा स्टाटस लेख्न , साथी भाइको फोटो हेर्न , नयाँ नयाँ फोटो अप्लोड गर्न पनि म मेरो मोबाइलको प्रयोग गर्थे। तर ऐले ना फेसबुक हेर्न पाको छु ना टुइट गर्न नै। बिदेशमा भएको साथी सँग भाइवरमा बोल्न मोबाइल नै चाहिन्थ्यो मलाइ सधैं बिहान मेल चेक् गर्न होस या मेल पठाउन पनि म मोबाइलको नै प्रयोग गर्थे , बैंक ब्यालेन्स चेक गर्न पनि म मेरो मोबाइल नै प्रयोग गर्थे , दिनमा यसो बोर लाग्यो भने गीत सुन्न या भिडियो हेर्न पनि मलाइ मोबाइल नै खोल्नु पर्थ्यो । समय अनुसार को मोबाइल पनि त स्मार्ट फोन लिएको थिए । मौसमको जानकारी पाउन , भित्ते पात्रो हेर्न , यही मोबाइलको
को प्रयोग गर्थे , मोबाइल लिए पछि हातमा घडी लाउन छोडियो , बेला बेला मा समय थाह पाउन पनि मोबाइल नै खोल्नु पर्ने थियो मलाइ। मेरो मोबाइल फोन गर्न नेट चलाउन मात्र हैन एउटा नोट बुकको साटो पनि प्रयोग गरेको थिए । मेरो सम्पूर्ण जानकारी हरु यसैमा सेभ थियो , बैंकका खाता नम्बरहरु पनि यसैमा , पसलको PAN Number , अफिसका केही महत्वपूर्ण फाइल हरु पनि मोबाइलमा नै राख्ने गर्थे । सेभ गरेर राखेको थिए । कुन दिनमा के काम गरे अनि अब कुन महिनाको कुन दिनमा के के गर्ने प्लान छ सबै schedule हरु मोबाइलमा नै मिलाएर राखेको थिए। हरेक २ - ४ घण्टामा बुडी र छोरी सँग बोल्ने बानी मेरो , बेला बेला मोबाइल खोलेर प्यारी छोरीको फोटो हेर्नु पर्थ्यो मलाइ तर अहिले सारै गारो भएको छ , ना टुइट गर्न पाको छु , ना साथीको स्टाटस पढ्न , कति इ मेल हरु आए होला ..... सारै गाह्रो भएको छ मोबाइल बिनाको जिन्दगी , मोबाइल मेरो जिन्दगीको एउटा महत्वपुर्ण अंग नै भएको थियो । हरेक पल हरेक समय साथमा न भए नहुने कुरा यसरी अचानक मोबाइल हराउँदा अपाङ्ग भएको महसुस गर्दैछु.......................
धन्यवाद !
यो पनि पढ्नुहोस !!!
1 comments:
Sarai garo parechha ta daju.
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!