नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Wednesday, February 8, 2012

दशौं आहा गोल्डकप अन्तिम क्वर्टर फाइनलमा मनाङ १-० पुलिस।

cops vs managge5                                                      पोखरा, माघ २५ -
राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिस क्लब आहा गोल्डकपमा सर्वाधिक सफल टिम हो । क्याराभान गोल्डकप सहित अहिलेसम्म ५ पटक उपाधि चुमेको पुलिसलाई पोखरेली मैदानमा भाग्यमानी टिम पनि मानिन्छ । तर घरेलु फुटबलकै सफल विभागीय टिमलाई मनाङ--मर्स्याङ्दी क्लबले मंगलबार १-० ले हरायो ।


मोफलसलको चर्चित आहा गोल्डकपमा यी दुई क्लबबीचको प्रतिस्पर्धामा बढी मनाङले नै बाजी मार्दै आएको छ । ०६० र ०६१ मा पुलिसलाई हराएर उपाधि उचालेको मनाङले दसौं संस्करणको अन्तिम क्वाटर फाइनलमा पनि जितलाई निरन्तरता दियो ।
टिमका भरपर्दा अनुभवी आठ खेलाडी बिना प्रतिस्पर्धामा उत्रिएको मनाङ सुरुवातदेखि नै पुलिस विरुद्व हावी देखियो । पासको तालमेल मिलाउँदै विपक्षी पोस्टमा लगातार आक्रमण बुनेको मनाङले ३९ औं मिनेटमा गोल गर्न सफल भयो । अमिर श्रेष्ठले दायाँ कर्नर नजिकैबाट उचाइ दिँदै सेकेन्ड बारमा हानेको बल सुन्दर गोलमा परिणत भयो । टिमका एडेजोला एडेवालाले मिलाएको बललाई श्रेष्ठले झुक्याएर पोस्टमा हान्दा अघि बढेका पुलिसका किपर विशाल श्रेष्ठले रोक्न सकेनन् । त्यही गोल नै जितका लागि पर्याप्त रह्यो । प्रतिस्पर्धामा म्यान अफ द म्याच मनाङका रक्षापंक्तिका खेलाडी जम्बो एनाटोले घोषित भए ।
मनाङले विपक्षी पोस्टमा ६ बढी आक्रमण बुने पनि खेर गए । चौथो मिनेटमा अमिरले डी-बक्सभित्रबाट हानेको प्रहार फस्टबार नजिकैबाट बाहिरियो । अमिरको पासमा समीर लिम्बूले पेनाल्टी क्षेत्रबाट गरेको हेड प्रहार ४८ औं मिनेटमा क्रसबार नजिकैबाट खेर गयो । सुलभ मास्केले डी-बक्सभित्रबाट गरेको हेड प्रहार ८९ औं मिनेटमा क्रसबारमा लागेर फर्कियो । राष्ट्रिय लिगमा बराबरी खेले पनि अहिले खेलाडीले मेहनत गरेकाले जित भएको मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले बताए । 'मध्यपंक्तिले उत्कृष्ट खेलेकाले जित सम्भव भयो,' उनले भने, 'अरू आक्रमण सफल भएका भए जित अन्तर बढ्ने थियो ।' मनाङ फाइनल प्रवेशका लागि आगामी बिहीबार अपि|mकन युनाइटेड क्लबविरुद्व भिड्नेछ ।

पुरा समय	
मनाङ १-० पुलिस
cops vs managge
cops vs managge2
cops vs managge3
cops vs managge6
cops vs managge34


साभार इकान्तिपुर
फोटो गोलनेपाल

आजको खेल पहिलो सेमी फाइनल
पुने,भारत विरुद्ध जावलाखेल
धन्यवाद!
small 1

  

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons