नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Wednesday, June 19, 2013

किसिम किसिमको पति………………..

kisim kisim ko pati
मेरो स्वास्नीको साथीहरूको पतिलाई हेर्दा , विवाहित साथीहरूको कुरा बुझ्दा पति हरु धेरै प्रकारका हुँदा रचन ।

१ : कमाउने पति :  यस्ता पति पुरा जीवन पैसा कमाउनुमा नै बिताइ दिन्छ। यस्तो पतिको सबै भन्दा राम्रो गुण भनेको नै  उसले प्रत्येक महिना जति पनि कमाउँछ सिधै स्वास्नीको हातमा लगेर दिन्नछन। घरको सबै जिम्मेवारी उसले आफ्नो स्वास्नीलाइ सुम्पिदिन्छन्।  यस्तो खाले पतिले आफ्नो स्वास्नीले घर कसरी चलाएकी छे कहिले पनि ध्यान दिँदैनन् तर यस्तो पति ले घरको अरु काम हरुमा भने आफ्नो पत्नीलाई घसाउँछ।

२, खर्चालु पति : दुर्व्यसनमा पैसा उडाउने खर्चालु पति आफ्नो पत्नीको कति पनि सहन्नन्। यस्तो पति बेकारका कुराहरु किन्नेमा स्वखीन हुन्छन् साथै आफ्नो पत्नी , बच्चा , साली र विशेष गरेर साथीभाई  हरुलाइ मन खोलेर खर्च गर्छन्। था पाए अनुसार यस्ता पतिको पतिले भन्दा पत्नीले धेरै कमाउँछन् र पुर्ख्यौली सम्पति पनि टन्न हुन्छन्।

३,स्वास्नी सेवक पति :  यस्ता पति हरु सारै सोझो स्वभावका हुन्छन्। यही सोझो स्वभावको कारणले गर्दा यिनी  आफ्नो पत्नीको हरेक कुरा हरु सहन सक्ने हुन्छन्। यीनीहरुलाई यिनको पत्नीले उसको सोझोपनको जति सुकै मजाक उडाए पनि यीनी हरुलाइ केही असर पर्दैन। यस्तो पतिका पत्नीहरू पति भन्दा बढी खुशी भएको पाइन्छ तर समस्या आयो भने तेसलाई सुल्झाउन पति भन्दा पत्नी नै अघि सर्नु पर्ने हुन्छ। तेस्तो अबस्था  मा भने यस्ताका पत्नीले आफैलाइ धिकार्छन।

४ , दादा पति : यस्ता पति आफ्नो पत्नीलाई गाली गर्नु , पिट्नु आफ्नो जन्म सिद्ध अधिकार सम्झन्छन्। यीनीहरु कैले पनि  आफ्नो पत्नीलाई अघि बढ्न दिँदैनन्। साथी हरुको सामु आफ्नो पत्नी लाइ चर्को स्वरमा गाली गर्न पाउँदा आफू लाई बहादुर ठान्छन्।

५, खन्चुवा पति :  यीनीहरु चाहिने भन्दा अत्यधिक मात्रामा बढी खान्छन्। यीनी हरु जति खेर पनि खानकै बारेमा सोची रहन्छन्।   यीनी हरुलाइ यिनको पत्नीले अति नै माया गर्छन् किनभने कुनै पनि काम गराउनुको मुल मन्त्र यही हुन्छ की  जब काम सक्छौ तब बल्ल खान पाउँछौँ अनी यीनी हरु खानाको चक्करमा खुव काम गर्छन्।

६, चापलुसी पति : यस्तो किसिमको पति आफ्नो पत्नी लाइ झुटो तारिफ गरेर आफ्नो काम निकाल्न मा माहिर हुन्छन्। यीनीहरु आफ्नो पत्नी लाइ तिमी सारै राम्री छौ , तिमीलाई सारी लाउँदा ४ – ५ वर्ष सानी  देखीन्छ भनेर उचाली रहन्छन्। यस्ताक पत्नीले कैले नी मिठो पकाउन जान्दैनन् किन भने यस्का पति ले अलिकति चाखे जस्तो गरेर सारै मीठो भन्दिन्छन अनि जिन्दगी भर मक्ख भएर बस्छन्।

७, घरयासी पति : यस्तो किसीमको पति प्राय समय घरमा नै बसी रहन्छन्। यदी पत्नीले कतै गुम्न जाउ भन्यो भने सिधै टाउको घुमाउँछन्। यदी कुनै ठाउँमा घुम्न जाउ भन्यो भने यीनी त्यो ठाउँको बारेमा न राम्रो कुरा सबै पहिले नै सुनाइ दिन्छन्। यस्ताका पत्नीको साथी हरु यस्का पत्नीलाई घरमा भेट्न आउँदैनन् किन भने यस्ता पतिहरू जतिखेर पनि घरमा नैं हुन्छन् । यस्ता पति हरु   घरमा नै बसेर पनि घरको काममा भने कति पनि सहयोग गर्दैनन् बरु यस्तो भएन उस्तो भएन भनेर किचकिच गरि रहन्छन्।

८  संकालु पति :  यस्ता पतिलाई यस्तो लाग्छ की उसको पत्नी उसको लागी हैन बरु अरु कसैको लागी चिटिक्क भएर बाहिर निस्कन्छन् या काम मा जान्छन्। आफ्नो पत्नी हाँस्दै बोल्ने जो सुकै  पुरुषलाई सारै न राम्रो दृष्टिले हेर्छन यस्ता पति यीनीहरुलाइ जिन्दगीकै सत्रु जस्तो लाग्छ। कति पटक त यस्ता पति हरु पत्नी सँग बोल्ने पुरुष सँग बाटोमा झगडा गरि रहेको पाइन्छ। यीनीहरु आफ्नो पत्नी कति  राम्री भाँ छे भनेर सोची रहन्छन। पत्नीको स्कुले साथी , सानको साथी , माइता तीरको आफन्त जो सँग बोले पनि शंका गरि हाल्छन्। 
                             
९ अल्छि पति :  यस्ता पति प्रायः सुति रहेको भेटिन्छ। खायो सुत्यो , खायो सुत्यो अनि फेरी खायो सुत्यो। यीनी हरु आफ्नो केही पनि काम गर्न रुचाउँदैनन्। सबैकाम पत्नीलाई नै अराउँछन् र पत्नीले नै गरोस् भनेर कुरेर बस्छन्। यिनीहरु चोकमा बसेर साथीभाइ लाई गफ लडाउन मा माहिर हुन्छन्।

१० मोबाइल वाला पति : यिनीहरु जुनसुकै समयमा पनि मोबाइलमा नै झुण्डी रहन्छ। अफिसमा अनुशासन बनाउन मोबाइल कम चलाउँछन् तर घरमा आउन साथ फोनमा गफ गर्न घरको ढलनमा या बाहिर निस्की हाल्छन्। यिनीहरु लाइ ड्रेस चेन्ज गर्ने फुर्सद पनि हुँदैन । घरमा कोही पाहुना या साथीभाइ आयो भने उनीहरुलाई घण्टौ कुराइदिन्छन्। यीनी हुर आफ्नो पत्नीले गरेको किचकिचलाई कति पनि ध्यान दिँदैनन्। यिनीहरुलाइ फोनमा बोल्न पाए अरु केही चाहीदैन।

११ फेसबुके पति : नाम बाट नै था हुन्छ यो कस्तो खाले पति भनेर। थोरै समय पाउन साथ फेसबुकमा गमले टाँसे झै टासिन्छन। पत्नीले अनेक थरी कोशीस गरे पनि यीनलाइ फेसबुक बाट टाढा राख्म सक्दैनन्। यस्ता पति आफ्नो पत्नीलाई भने फेसबुक चलाउन दिँदैनन भएन भनेर फेसबुकमा Relationship Status पनि single नै राख्छन। फेसबुक चलाउने क्रमामा कैले काही यीनीहरु खाना खान पनि बिर्सन्छन्।
 
१२ टुइटे पति :  फेसबुके पति र टुइटे पतिमा खासै भिन्नता भने हुँदैन , यिनी पनि समय पाउन साथ गमले टसे झै टासीन्छन टुइटरमा। यीनीहरु बेला बेलामा आफ्नो पत्नीको बारेमा कैले सारै राम्रो कैले झगडा भएको टुइटहरु गरि रहन्छन्। अरु टुइटे कन्फ्युज हुन्छन की यसको ब्या भाँ छ कि छैन भनेर।

( यो लेख १००%  मेरो हैन , ७५ % मात्र मेरो रचना हो।  चटपट खाने क्रममा चटपट पोको पारेको हिन्दी पत्रीकामा मैले केही पति को बारेमा पढेको थिए त्यसैलाई आधार मानेर यो ब्लग तयार पारेको हुँ, यसमा सत्यता छैन , कसैको मन दुखाउने यो ब्लगको उद्देश्य हैन ,यो ब्लग  रमाइलो को लागी मात्र हो। )
 
धन्यवाद !
small 1_thumb[1]
यो पनि पढ्नुहोस् !
Happy 2nd BirthDay “ Limisa”
मोबाइल हराएको मान्छे !!!
मेरो पहिलो प्रेम पत्र ( My First Love Letter )

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons