नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, January 11, 2013

तपाईको यो साता ( फेसबुके राशीफल )


Zodiac
Facebook प्रयोगकर्ता हरुको लागी तपाइको यो साता

1 मेष (Aries)
मेष (Aries): चू, चे, चो, ला, ली, लू, ले, लो, अ। :
तपाइको यो साता निकै राम्रो छ। तपाइको फोटोमा सोचे भन्दा बढी लाइक र राम्रो राम्रो कमेन्ट आउने छ । स्कुल पढ्दा खेरी छुटेको साथी यही फेसबुक मार्फत भेटिन सक्ने प्रवल सम्भावना देखिएको छ। तपाइको साथी हरुले तपाइको फोटो बढी शेयर गर्ने छन।







2 वृषभ (Taurus)
वृषभ (Taurus): उ, इ, ऐ, ओ, बा, बी, बे, बो। :
तपाइको यो साता त्यती राम्रो छैन । हप्ताको सुरुवातमा नै साथीहरूले नाङ्गो फोटो Tag गरेर हैरान पार्ने छ। यो हप्ता Online न बस्नु नै उचित होला, नानाथरीका Message ले सताउने छ। Friend Request पठाउँदा या Accept गर्दा बिचार पुर्याउनु होला। सोचे जस्तो नहुँदा मन खिन्न हुने छ ।


3 मिथुन( Gemini)
मिथुन( Gemini): क, की, कू, घ, ड, छ, के, को, हा। :
तपाइको यो साता राम्रो छैन।यो साता तपाइलाइ केही साथीहरूले बिना कारण Block गर्नेछन्। Status Update गर्दा या Comment लेख्दा अलि बिचार पुर्याएर गर्नुहोला, तपाइले राम्रो लेख्दा पनि अरुलाइ न राम्रो लाग्न सक्छ।



4 कर्क (Cancer)
कर्क (Cancer): ही, हू, हे, हो, डा, डी, डू, डे, डो। :
तपाइको यो साता मध्यम खालको छ। तपाइको Comments को कारण केही साथीहरू सँग मनमुटाव होला। साथीहरूले न राम्रो फोटो Tag गरेर दिक्क बनाउने छ। साताको अन्त तिर भने Message मा खुशीको खबर प्रप्ती होला।


5 सिंह (Leo)
सिंह (Leo): मा, मी, मू, मे, मो, टा, टी, टू, टे। :
तपाइको यो साता राम्रो छ। यो साता धेरै Friend Request आउने छन। फेसबुकको साथी सँग प्रत्यक्ष भेट्ने अवसर प्राप्त होला। साथीहरूले तपाइको Wall मा राम्रो राम्रो कार्ड हरु Send गर्ने छन। फेसबुक मार्फत ज्ञान गुनका कुरा धेरै सिक्न पाइने छ।


6 कन्या (Virgo)
कन्या (Virgo):  टो, पा, पू, ष, ण, ठ, पे, पी। :
तपाइको यो साता ठिकै छ। नयाँ Group को Invite आउने छ। केही साथीहरूले कमेन्ट मार्फत गाली गर्नेछन् त्यस्ता लाइ वास्ता न गर्नु नै लाभदायक देखिन्छ नयाँ साथी बढ्ने क्रम जारी रहने छ।



7 तुला (Libra)
तुला (Libra): रा, री, रू, रे, ता, ती, तू, ते। :
तपाइको यो साता त्यति राम्रो छैन। Photo Upload न गर्नु होला, तपाइको Photo को गलत प्रचार हुने सम्भावना छ। Status मा Like र Comments न आउँदा मन खिन्न हुनेछ। साताको अन्त तिर भने मन खुसी हुनेछ।


8 वृश्चिक (Scorpio)वृश्चिक (Scorpio): तो, ना, नी, नू, ने, नो, या, यी, यू। :
तपाइको यो साता राम्रो छैन , कमेन्टमा मन परि लेखेर तपाइ लाइ सताउने छ। राम्रै अर्थको पनि अनर्थ लाग्न सक्छ, Comment गर्दा सोचेर गर्नु होला। केही साथीहरू तपाइ सँग खुशी हुने छैन। यो हप्ता Online  न बस्नु नै उचित होला।


9 धनु (Sagittarius)
धनु (Sagittarius):  ये, यो, भ, भी, भू, धा, फा, ढा, भे। :
तपाइको यो साता निकै राम्रो छ। सानोमा छुटेको साथीहरू भेट्दा मन प्रसन्न हुने छ। राम्रो राम्रो फोटो सेयर गर्न पाउनु हुनेछ। राम्रो राम्रो Comments पढ्न पाउनुको साथै Message खुसीको कुर  पढ्न पाइने छ।


10 मकर (Capricorn)
मकर (Capricorn): भो, जा, जी, खी, खू, खे, खो, ग, गी। :
तपाइको यो साता निकै लाभदायक छ। तपाइ सँग न भएको सानोको फोटोहरु साथीले Upload गर्नेछन्। केही साथीहरूले मित्रता बढाउन मोबाइल नम्बर माग्नेछन्। Online मा साथीहरूले तपाइको प्रशंसा गर्नेछन्।


11 कुंभ (Aquarius)
कुंभ (Aquarius): गू, गे, गो, सा, सी, सू, से, सो, दा। :
तपाइको यो साता राम्रो छैन। साथीहरूको बक वास Status ले दिक्क बनाउने छ। न राम्रो फोटो हरुको TAG ले सताउला। तपाइको फोटो को गलत प्रचार होला। आफूले गरेको Message को Reply  न आएर मन खिन्न हुने छ।


12 मीन (Pisces)
मीन (Pisces):  दी, दू, थ, झ, ञ, दे, दो, चा, ची। :
तपाइको यो साता निकै राम्रो छ। तपाइले Update गरेको सबै  Status को राम्रो प्रशंसा हुने छ तथा सबैले मीठो मीठो Comment गर्नेछन्। तपाइको फोटोमा  LIke  तथा Comments को वर्षा हुनेछ। साथीहरूले राम्रो राम्रो कार्ड पठाउने छ। पुरानो पुरानो साथीहरू भेट्ने छन।
ज्यो. पन्नीत लक्ष्मण ।

यो मुला भाते बासीफल उर्फ राशीफलले जे जस्तो भने पनि फेसबुक चलाउन भने न छोड्नुहोला। कसैलाई हानी पुर्याउने र कसैलाई अप्ठ्यारोमा  पार्ने Status न लेख्नु होला तथा नाङ्गो , छाडा अनि टाउको फुटेको, आन्द्राभुँडी निस्केको फोटोहरु Tag , Upoad अनि Share न गर्नुहुन विनम्र अनुरोध गर्दछु। फेसबुकलाइ राम्रो सँग प्रयोग गरेर नयाँ नयाँ साथी बनाउन पाइयोस्, मनका कुरा हरु शेयर गर्न पाइयोस् , आफ्नो मन  पर्ने फोटो हरु अरुलाइ देखाउन पाइयोस् र यही फेसबुक बाट नै धेरै धेरै, राम्रो राम्रो ज्ञानमुलक कुराहरू पढ्न पाइयोस्। जय फेसबुक !!!

टिप्स : तपाइ पनि साथीहरुले गर्ने मनपरी फोटो ट्याग बाट पिडित हुनुहुन्छ???
  यदि हुनुहुन्छ भने यसो गर्नुस

बिहान उठ्न साथ फेसबुक खोल्यो वालमा टाउको फुटेको, खुट्टा भाच्चेको अनि भुँडी निक्लेको फोटो वालमा आएर न चहादै चाहदै हेर्नु पर्ने हुन्छ। तर केही सेटीङ्ग मिलायो भने साथी हरुले सिधै फोटो ट्याग गर्न नमिल्ने सुबिधा फेसबुकले दिएको छ। यसो गर्दा हामीले permission न दिए सम्म त्यो फोटो हाम्रो वालमा आउन पाउदैन। सबै भन्दा उत्तम उपाए चाही यस्तो न चाहीने फोटो ट्याग गर्ने, लाइक गर्ने जो पनि न चिन्ने झारपात हरु छन त्यसलाइ unfriend गर्दिनुस या block गर्दिनुस। हैन साथी भनेको साथी हो साथी बाट हटाउदिन भन्नु हुन्छ भने यसो गर्नुस
सबै भन्दा पहिला
दायाँ छेउमा रहेको Account मा क्लिक गर्नुस्,
त्यसपछि Privacy Settings मा क्लिक गर्नुस्।
त्यसपछि कस्टम बक्समा क्लिक गर्नुस्।
अब How Tags Work को Edit settings मा क्लिक गर्नुस्-
अनि Profile Review को छेउमा रहेको Off मा क्लिक गरेर On गर्नुस्।
अनि Done बटनमा थिच्नुहस बस् यत्ति हो। अब कसैले ट्याग गर्‍यो भने तपाईँले त्यसलाई अप्रुभ नगरेसम्म देखा पर्ने छैन।

यो चाही मेरो फेसबुक
https://www.facebook.com/Lakshmansgurung
my fb
धन्यवाद !
small 1_thumb[1]
यो पनि पढ्नुहोस !!!
उसैले भाइ भन्दा खेरी !!!

जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!

उसैले भाइ भन्दा खेरी !!!
 



0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons