नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, July 3, 2012

फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण

Facebook Friendly Marketing
रविराज बराल/ उज्यालो । काठमाडौं, पुष ३ – काठमाडौंको एउटा कर्पोरेट अफिसमा काम गर्ने रोजिनाले आइतबार बिहान कार्यालय पुग्ने बित्तिकै फेसबुक खोलिन् । फेसबुक खोल्नासाथ आफ्नो वालमा ट्याग भएको अश्लिल तस्विर देखेर उनी आत्तिईन् र तत्कालै सँगैकी साथीलाई त्यो देखाईन् ।
दुबै जनाले चिनेको र त्यही कार्यालयको पूर्वकर्मचारीको नामबाट त्यो तस्विरको लिंक ट्याग भएको थियो । रोजिनाले त्यो अश्लिल फोटो सहितको लिंक हटाईन् ।
कार्यालयका पूर्व साथीलाई फोन गरिन् र भनिन्, “मेरो वालमा अश्लिल फोटो किन ट्याग गरेको ?” रोजिनाको प्रश्न सुनेर पहिला त उनका साथी अलमलमा परे र रोजिनालाई आफूले तीन दिनदेखि फेसबुक नखोलेको स्पष्ट पारे । तर रोजिना आफ्नो वालमा अश्लिल फोटो सहितको लिंक कसरी आयो आफैं अलमलमा परिन् । र यसबारेमा आफ्ना साथीहरुसँग बुझ्न थालिन् ।
रोजिना त एक उदाहरण मात्र हुन् । हिजो आज अटोमेटिक भाइरसको कारणले गर्दा वालमा अश्लिल फोटो सहितको साइटको लिंक आउने समस्याले अधिकांस फेसबुक प्रयोगकर्ता पीडित छन् । कतिले त आफ्नो वालमा भाइरसको कारणले गर्दा अश्लिल साइटको लिंक ट्याग भएको र त्यो आफूले नगरेको भन्दै स्टाटस मार्फत नै स्पष्टिकरण दिइ रहेका छन् ।
यो सबै फेसबुकमा खतरनाक भाइरसले गरेको आक्रमणको नतिजा हो । इन्टरनेटको भाषामा यसलाई ‘स्पाम’ भनिन्छ । केही समय अघि युरोप र अमेरिकामा आतंक मच्चाएको यो भाइरसले अहिले एसियाका नेपाल लगायतका देशका फेसबुक प्रयोगकर्ताहरुको वालमा आतंक मचाएको छ ।
कसरी हुन्छ आक्रमण ?
तपाईँका साथीहरुको प्रोफइलबाट तपाईँको वालमा लिंक सेयर हुन्छ जहाँ अश्लिल अथवा हिंस्रक प्रकृतिका भिडियो हुन्छन् । यो भिडियोसँगै एउटा सन्देश पनि हुन्छ जहाँ लेखिएको हुन्छ – तपाईँ यो भिडियो पुरा हेर्न सक्नुहुन्न । जब तपाईँ यो लिंक क्लिक गर्नुहुन्छ, यो तपाईँका साथीहरुको वालमा पनि पुग्छ । एवं रितले यो फेसबुकका प्रयोगकर्ताहरुसम्म अति तीब्र गतिमा फैलिन्छ ।
फेसबुकले नियन्त्रण गर्न सक्दैन ?
यसअघि पनि यस्ता खालका भाइरसले फेसबुकलाई आक्रमण गरेका थिए तर फेसबुकले तिनलाई नियन्त्रण गर्न सफल भएको थियो । तर यसपटकको भाइरस भने निकै खतरनाक भएको र नियन्त्रण गर्न गाह्रो भएको फेसबुकले जनाएको छ । यद्यपी फेसबुकले यस्ता स्पामको नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।
कसरी बँच्ने त भाइरसबाट ?
फेसबुक नचलाई बस्न त पक्कै सकिँदैन । त्यसैले आफ्नो वालमा यस्तो लिंक भेटिएमा त्यसमा क्लिक नगर्नु नै यो भाइरसबाट बँच्ने राम्रो उपाय हो । तत्काल के गर्ने भन्नेबारे फेसबुक कै आधिकारिक धारणा कुर्नुपर्ला । सुरक्षाका उपायबारे जानकारी लिन फेसबुकको आधिकारिक ब्लग तथा हेल्प पेज नियमित रुपमा भिजिट गर्नुपर्छ ।
सबै भन्दा राम्रो उपाय तत्काललाई आफ्नो प्राइभेसी सेटिङमा गएर वाललाई ब्लक गर्नु नै राम्रो उपाय होला ताकि कसैले तपाईँको वालमा केही पोष्ट गर्न नसकोस् । अर्को ध्यान दिनुपर्ने कुरा कसैको नामबाट आफ्नो फेसबुक वालमा अश्लिल लिंक सेयर भएमा उसलाई गाली गर्ने वा अन्फ्रेन्ड गर्ने नगर्नुहोस किनकी यो भाइरसको कमाल हो ।
साभार युनन डट कम डट यनपी
Thank you
small 1_thumb[1]

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons