नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, July 3, 2012

तपाइ हाम्ले बोल्ने केही अपत्यारिलो बोलीहरु


आज यसो बाटोमा हिड्दै थिए। केही पर केही मान्छे हरु जम्मा भएको देखे। मनमा खुल्दुली लाग्यो के भएको रहेछ भनेर र म पनि गए त्यही भिड तिर। त्यहाँ पुग्दा था भो यहाँ त २ वटा छिमेकी हरु झगडा गरिरहेको रहेछ। सोचे भो अर्काको झगडा किन सुन्नु पर्यो त्यस पछि म त्यहाँ बाट हिँड्न थाले। यसो हिँड्न मात्र के लागेको थियो  “ त जाबो नकरा म सँग, त जस्तो १० जना आए पनि म एक्लै ले पालै पालो सिध्याइ दिन्छु “ भनेको सुने अनि म एक छिन अडिए।
  जसले यसरी कराउँदै थियो उसलाई देखेर  म छक्क परे, हेर्दा दुब्लो पातलो मान्छे जो ३ – ४ कदम टाढा बाट झगडा गर्दे छ उसले १० जना आए पनि सिध्याइ दिन्छु भनेको सुन्दा मलाइ मन मनै अलि अलि हाँसो लाग्यो। अर्को ब्यक्ती पनि रिसाउँदै भन्दै थ्यो “ तैँले के सिध्याउन सक्छस् र ! त सँग लड्न त मेरो यही कान्छो औँला भए पुग्छ “ भन्दै कान्छो औँला देखाउँदै थियो। कुरा सुनेर मलाइ हाँसो लाग्यो म मन मनै हाँस्दै थिए र उनि हरुले झगडा गरेको ध्यान दिएर सुनिरहेको थिए। फेरी अर्कोले भन्यो “ मैले तलाइ १ झापु मात्रै हाने भने त ३ दिन सम्म उठदैनस “ यो सुनेर मलाइ अचम्म लाग्यो हैन बोल्न पायो भन्दै मा के बोलेको होला १ झापडले ३ दिन सम्म ढलाउने रे हे हे हे सुन्दा निकै रमाइलो हुदै थ्यो, मलाइ त झगडा गरेको हैन कसले बढी धक्कु लाउने भनेर खेले जस्तो लाग्दै थियो। फेरी अर्कोले भन्यो “ धेरै नकरा अहिले तेरो टाउको च्वाट्ट छिनाइदिन्छु अनि था पाउलास् “ यो सुनेर उ सँग झगडा गर्ने डराए की डराएनन् था भएन तर मलाइ चाही अलि अलि डर लाग्यो। जो सँग हतियार केही थिएन उसले टाउको च्वाट्टै छिनाउने धम्की दिँदै थियो अनि टाउको छिनाले पछि के था पाउलास भनेको होला,,,, म हेरी रहेको थिए सुनिरहेको थिए,,, मलाइ २ वटा मूर्ख हरु झगडा गरेको जस्तो लाग्न थाल्यो। अर्को पनि बोल्नमा के कम त्यो र उ पनि उफ्रँदै कराउन थाल्यो “ बरु र धेरै न बोल अहिले तेरो आन्द्रा भुँडी निकालेर माला बनाएर लाउँछु बुझिस। “ अरे बापरे दुवै जनाले एक अर्कालाई छुन पनि सकेको छैन तर मुख भने कता हो कता। उनी हरुको कुरा सुनेर हाँस्ने हरु पनि थिए, झगडा पनि तात्दै गयो, मान्छेको भिड पनि बढ्न थाल्यो। फेरी एउटा ले प्याच्च भनि हाल्यो “ मलाइ सारै रिस उठी सक्यो हेर तलाइ यो सबै मान्छेको बिचमा २ टुक्रा बनाइ दिन्छु “ अ या  ,,, मान्छे दुब्लो , पातलो जे जस्तो भए पनि उनिहरुको मुख चाही खुब चलेको थियो। झगडा भनु या धम्की अझै चर्किँदै जान्थ्यो होला मैले यसो घडी हेरे,,, यही झगडा हेर्दा हेर्दै आधा घण्टा बितिसकेछ। उनिहरुको झगडा जे जस्तो भए पनि म त्यहाँ बाट हिँडे अनि हिँड्दा हिँड्दै मनमनै सोचे,,,, कतै मैले झगडा गर्दा यस्तै कुरा हरु गर्छु कि गर्दिन होला, यस्तो अपत्यारिलो कुरा बोल्छु कि बोल्दिन होला????????????
small 1_thumb[1]

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons