नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, September 30, 2011

बडा दशैं २०६८ को धेरै धेरै शुभकामना
दशैंको शुभकामना दिदा कन्जुस्याइ गर्छन साथी हरु

SAMSUNG
dashain-2068
सर्व प्रथम तपाइ लाइ बडा दशैँ २०६८ को धेरै धेरै शुभकामना दिन चाहन्छु,
          २-३ दिन भो दशैँको शुभकामना आदान प्रदान गर्न थालेको। साथीहरूले पठाएको कामनाको त ओहीरो नै लागेको छ। फोनबाट, sms बाट, मेलबाट झन् फेसबुक को त कुरा नै गरौँ। सबै साथीहरूको माया देखिन्छ र म पनि गर्छु उत्तीकै माया मेरो साथी,मित्र तथा परिवारलाई।

                    तर अचम्म लाग्छ मलाइ साथीहरूले शुभ-कामना दिँदाimages कन्जुस्याइ गरेको देख्दा। हेर्नुस् न जसले शुभकामना दिँदा पनि  विजय दशमीको मात्र दिने भन्या विजयादशमी त दशैँको  एकदिन मात्र हो। टीका लगाउने हुनाले यो दिनलाई महत्त्वपूर्ण मानिएको हो। तपाई आफै सोच्नुस् न  दशैँ हामीले विजयादशमी एकदिन मात्र मनाउने हो र?? हामी त घटस्थापना देखी कोजाग्रत पूर्णिमा सम्म उत्सव मनाइरहेको हुन्छौ अर्थात् दशैँ मनाइरहेको हुन्छौ। आफ्नो मन मिल्ने साथी,नजिकको नाता,आफूले चिनेको मान्छेहरूलाई यसरी वर्षमा एकचोटि मात्र आउने महान पर्ब दशैँको शुभकामना दिँदा किन कन्जुस्याइ गर्ने???  किन विजयादशमी एक दिनको मात्र दिने? पुरा दशैँको नै दिउन ..हैन र त्यस कारण
मेरो सम्पूर्ण साथीहरू,इष्‍टमित्रहरू, परिवार तथा मेरो यस सानो संसारको प्यारो पाठकहरूलाई म लक्ष्मण गुरुङको तर्फ बाटdashain
" बडा दशैँ २०६८ को उपलक्ष्यमा तपाइलाई दीर्घायु,सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु  साथै श्री नवदुर्गा भवनिले तपाइ र तपाइको सम्पूर्ण परिवारले आटेताकेको काम पुरा होस, तपाइले चालेका पाईलाहरु सधैं सफलताको शिखर चुम्न सकोस्,घरमा सधैं सुख होस,लक्ष्मीको सधैं बास होस,
                  तपाइको सुखमय जीवनको कामना गर्दै,
        तपाइ अनि तपाइको सम्पूर्ण परिवारलाई म लक्ष्मण गुरुङको तर्फ बाट पुन एकचोटि विजया दशमीको मात्र हैन घटस्थापना देखि फुलपाती,अष्टमी,नवमी,विजया दशमी ....हुदै कोजाग्रत पूर्णिमा सम्म सबैको अर्थात् बडा दशैँ २०६८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।"
यस वर्षको दशैँ रमाइलो अनि सुख सँग सबै परिवार एकै ठाउँमा बसेर राम्रो सँग मनाउन पाओस्।
555

मैले बनाएको दशैँको कार्ड तपाईँहरूको लागी
Dashain Shubhakamana3

71788_124194710970979_100001413523548_155762_3282960_n
dashain_gfnl

मेरो सानो परिवारको तर्फ बाट
SAMSUNG
धन्यवाद!

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons