म तपाइ हरुलाइ पासपोर्ट साइजको फोटो बनाउने तरिका फोटो सहित सिकाउने कोशीस गर्दैछु। जान्ने हरुलाइ साधारण लागे पनि नजान्ने हरुको लागी भने धेरै काम लाग्छ कि भन्ने आशा गरेको छु। हुन त केही कुरा सिक्दै मा या जान्दै मा केही बेफाइदा त पक्कै गर्दैन जस्तो लाग्छ। यदि तपाइ लाइ पनि केही चासो छ भने आउनुहोस् श्री गणेश गरौँ।
Step 1………..
सबै भन्दा पहिला Start button हुँदै Photoshop खोल्नुहोस्
step 2…………..
Photoshop खोलिसके पछि file menu हुँदै open मा जानुस् या shortcut Key ctrl+O थिच्नुस् र पासपोर्ट साइजको फोटो बनाउने फोटो छान्नुस्।
Step 3…………….
file menu हुदै New मा थिच्नुहोस् या shortcut Key Crtl+N थिच्नुहोस्
अनि Size 4*6 रोज्नुहोस् अनि ok मा थिच्नुहोस्।
Step 4…………..
अब Image Menu हुँदै Rotate Canvas हुँदै 90º CW मा थिच्नुहोस्
Step 5…………………
अब पासपोर्ट साइजको फोटोमा क्लिक गर्नुस् अनि crop tool छान्नुस् र चित्रमा देखाए झै Width 1.2 in , Height 1.5in र Resolution 300 दिनुस्
फोटोमा कति भागलाई passport size दिने हो select गर्नुस्
अनि Enter Key थिच्नुस्।
step 6…………
moov tool रोज्नुस् अनि उक्त फोटोलाई 4*6 मा moov गर्नुस्।
step 7en………….
अब moov गरेर ल्याएको फोटोलाई keyboard को ctrl र Alt key एकै चोटि थिच्नुस् अनि फोटोलाई Drag गर्नुस्। यसो गर्दा एउटा फोटो दुइटा हुन्छ।
Step 8………….
यस्तै गरेर फोटोलाई एउटा बाट दुइटा। २ बाट तिनवटा र ३ बाट ४ वटा बनाउनुस् र keyboard को Ctrl,Shift अनि E key एकैचोटी थिच्नुस्।
Step 9……………..
फोटोलाईkeyboard को ctrl र Alt key एकैचोटि थिच्नुस् अनि फोटोलाई तल तिर Drag गर्नुस् अनि keyboard को Ctrl,Shift अनि E key एकैचोटी थिच्नुस्।
step 10……
File menu हुँदै Save as मा जानुस् या shortcut Key Shift+Ctrl+s थिच्नुस्।
Step 11…………
कहाँ Save गर्ने हो रोज्नुस् File Name type गर्नुस् अनि jepg Format छान्नुस् अनि Save गर्नुहोस्।
बस काम सकियो।
: अब तपाइको फोटो रेडी भयो तपाइ यो फोटोलाई पेन ड्राइभमा वा मेमोरी कार्डमा राखेर लैजानुस् अनि color lab मा गएर साफ गर्नुस् अनि घरमा ल्याएर कैँचीले काटेर यसको प्रयोग गर्नुस्।
यसरी बनाएको फोटो १० रुपियामा ८ वटा आउँछ। यो फोटो तपाइ सेलफोनको सिम किन्दा कुनै सानोतिनो फारम भर्दा, खेलाडी हुनुहुन्छ भने खेलाडी फारम भर्दा र अन्य फोटो चाहिने धेरै ठाउँमा यो सस्तो फोटोको प्रयोग गर्न सक्नु हुन्छ र केही पैसा जोगाउन सक्नु हुन्छ तर याद राख्नुस् केही महत्वपूर्ण सरकारी काम काजमा भने यस्तो फोटोको प्रयोग न गर्नुहोला।
राम्रो काम किन २- ४ रुपियाको संझौता गर्ने हैन र।
धन्यवाद!


Nepal Time


Tuesday, August 09, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '


Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!