पोखरा, माघ २६ -
लक्ष्मी हुण्डाई मनाङमर्स्याङदी क्लवले अफ्रिकन यूनाईटेड क्लबलाई १–० गोलले पन्छाउँदै
बिहीबार दशौं आहा गोल्डकपको उपाधि नजिक पुगेको हो । युगल किशोर राईले ६९ औं
मिनेटमा गरेको गोलले मनाङ्गले अफ्रिकनलाई हराएर फाईनल यात्रा तय गरेको हो ।
अमिर श्रेष्ठले दायाँ कर्नर नजिकैवाट पेनाल्टी क्षेत्रमा मिलाएको क्रसपासलाई
राईले हेड गर्दै आर्कषक गोल गरेका थिए ।
मनाङ उपाधिका लागि शुक्रवार हुने भारतको पुने फुटबल क्लब र
सामसुङ जावलाखेलको विजेतासँग शनिबार भिड्नेछ ।
Thursday, February 9, 2012
दसौं आह गोल्ड कपमा मनाङमर्स्याङदी क्लब फाइनलमा (मनाङमर्स्याङदी क्लब १–० अफ्रिकन यूनाईटेड क्लब )
Wednesday, February 8, 2012
दशौं आहा गोल्डकप अन्तिम क्वर्टर फाइनलमा मनाङ १-० पुलिस।
Tuesday, February 7, 2012
दसौं आहा गोल्डकप जावलाखेल सेमी फाइनलमा (जावलाखेल ३-१ थ्री सटार)
पोखरा, माघ २४ - जित हात पार्ने तयारीमा प्रशिक्षणलाई विशेष जोड दिइन्छ । सीप र क्षमता निखार्ने प्रशिक्षणबिना प्रतिस्पर्धामा भिड्नु सजिलो हुन्न । ठीक त्यस्तै भयो, डिफेन्डिङ च्याम्पियन मेगा थ्री-स्टारलाई यसपल्टको आहा गोल्डकप । नियमित प्रशिक्षक र भरपर्दा खेलाडीसँगै तयारी नगरी मैदानमा उत्रेको थ्री-स्टारलाई सामसुङ जावलाखेल युथ क्लबले सजिलै पन्छायो ।
Monday, February 6, 2012
दशौं आहा गोल्डकप को दोस्रो क्वाटरफाइनलमा अफ्रीकन युनाइटेड २-१ हिमालयन शेर्पा
पोखरा, माघ २३ - भर पर्दो खेलाडीबिना प्रतिस्पर्धामा उत्रनु हरेक टिमका लागि चुनौती पूर्ण हुन्छ । आहा गोल्डकपको दसौँ सँस्करणको दोस्रो क्वाटरफाइनल पनि ठीक यस्तै रह्यो । भर पर्दा तीन खेलाडीबिना मैदानमा उत्रेको 'ए' डिभिजन राष्ट्रिय लिग उप विजेता हिमालयन शेर्पा सामु इज्जत जोगाउनुपर्ने चुनौती थियो । उसलाई पूर्व विजेता अफ्रीकन युनाइटेड क्लबले आइतबार २-१ ले निराश पार्यो ।
Sunday, February 5, 2012
आयोजक सहारा क्लब पोखरालाई १- ० ले हराउँदै भारतको पुणे फुटबल क्लब सेमी फाइनलमा
Friday, February 3, 2012
दशौं आह गोल्ड कप को चौथो खेलमा मनाङ मस्र्याङ्दी २-० एन्फा यू १७
२० माघ, पोखरा । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आहा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा एन्फाको अण्डर १७ टोलीलाई २-० ले पराजित गर्दै मनाङ अन्तिम आठमा प्रवेश गरेको हो ।
Thursday, February 2, 2012
दशौं आह गोल्ड कप को तेस्रो खेलमा सामसुङ्ग जावलाखेल विजयी


Thursday, February 09, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
